काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको भ्रमण पूरा गरेर स्वदेश फिर्ता भएका छन् ।
संयुक्त राष्ट्रसंघको ’विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओली नेपाल फर्किन मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका थियो ।
त्यहाँबाट उनी काठमाडौँ फर्किएका छन् । २९ सदस्यीय प्रतिनिधि मण्डलमा प्रधामन्त्री पत्नि राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार र परराष्ट्रमन्त्रालयका अधिकारीहरु सहभागि थिए ।














