जनकपुर, १८ असार । क्षीरेश्वरनाथ नगरपालिका–३, पकडियामा यस वर्षको दाहा (मोहरम) मेला महोत्सव २०८२ भव्य रूपमा आयोजना तैयारी सुरु गरेको छ ।
आयोजक दाहा मेला समितिका अनुसार, मेला आगामी २०८२ असार २१ गतेदेखि २३ गतेसम्म (तीन दिनसम्म) सञ्चालन हुनेछ । यस सांस्कृतिक तथा खेलकुद महोत्सवको विशेष आकर्षण दाहा –मेलामा खेलिने पारम्परिक खेल) हुनेछ, जसले पकडिया क्षेत्रमै विशेष सांस्कृतिक पहिचान बोकेको छ ।
मेलामा प्रमुख अतिथि, विशिष्ट अतिथि साथै क्षेत्रीय खेलाडी, खेलप्रेमी, र स्थानिय बासिन्दाहरूलाई उपस्थितिका लागि औपचारिक रूपमा आमन्त्रण गरिसकिएको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानीय सांस्कृतिक झाँकी, लोकगायन, परम्परागत नाचगान लगायतका विविध प्रस्तुतिहरू पनि समावेश गरिने जनाइएको छ ।
मेला सफल पार्न विभिन्न उपसमिति गठन गरी सुरक्षा, सरसफाइ, खानेपानी, ट्राफिक व्यवस्थापन लगायतका पूर्वतयारीहरू अघि बढाइएको छ ।
समापन समारोहमा उत्कृष्ट खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरिने र यस अवसरमा सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।














