काठमाडौँ, १६ असार । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको छानबिन प्रतिवेदनका आधारमा आज मुद्दा चलाइएको हो ।
गैर कानुनीरुपमा सामग्री प्रकाशन÷प्रशारण गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।














