काठमाडौं, १५ असार । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको जनाईएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो भने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।














