काठमाडौं, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेर निस्किएको हो । यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि भन्दै सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएको छ ।














