KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्पदाको संरक्षणमा उदासीनता : जनकपुरको कुण्ड र कुटीहरूको बेथिति

सम्पदाको संरक्षणमा उदासीनता : जनकपुरको कुण्ड र कुटीहरूको बेथिति

कुलदिप प्रेम ।
जनकपुर । जनकपुर मिथिला सभ्यताको गहना, ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण शहर हो ।

नाम मात्रै “५२ कुट्टी ७२ कुण्ड” भन्ने गरिन्छ, जहाँ प्रत्येक कुण्ड र कुटीले पृथक कथा बोकेको छ । तर आज ती गौरवशाली चिन्हहरू फोहर र बेवास्ताले ढाकिएका छन् ।

सौन्दर्यकरणका नाममा करोडौं खर्च भए पनि स्थिति उस्तै रहेको छ — झन् बिग्रिँदै गएको अवस्था छ । जनकपुरका अधिकांश कुण्डहरू अहिले फोहोर पानी, प्लास्टिकजन्य फोहर र गन्धले भरिएका छन् ।

धार्मिक र सांस्कृतिक दृष्टिले यस्ता कुण्डहरू पवित्र स्थल हुन्, जहाँ स्नान गरी आत्मशुद्धिको कामना गरिन्छ । तर आज ती कुण्ड न कुनै आस्थाको प्रतीक बनेका छन्, न त सौन्दर्यको । स्थानीय सरकार र प्रदेश सरकार दुवैले वर्षौंदेखि बजेट खर्च गर्दै आए पनि, ती योजनाहरू कागजमै सीमित देखिन्छन् ।

जनताको आक्रोश बुझ्न सकिन्छ । एक स्थानीय बासिन्दाको भनाइ अनुसार, “जनकपुर घर हो भन्न पनि लाज लाग्छ,“ भन्ने अवस्था अत्यन्तै दुःखद छ । यो केवल व्यक्तिगत भावनाको अभिव्यक्ति होइन, जनकपुरप्रेमी सबै नागरिकहरूको साझा चिन्ता हो । जनकपुरको मुटु मानिने जानकी मन्दिर पनि स्वच्छताको दृष्टिले चिन्ताजनक स्थितिमा पुगेको छ ।

पान, सुपारी, गुटखा खाएर सार्वजनिक स्थानमा थुक्ने प्रवृत्तिले मन्दिर परिसरमै अपमानजनक दृश्य सिर्जना गरेको छ । तीर्थस्थललाई सम्मान गर्नुको सट्टा हामी आफैंले अशोभनीय बनाइरहेका छौं । जनकपुरलाई ‘धाम’को हैसियत दिलाउन सरकारको मात्रै होइन, आम नागरिकको पनि उत्तरदायित्व हो । योजनाको पारदर्शिता, प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र ऐतिहासिक सम्पदाप्रतिको समर्पण आवश्यक छ ।

धार्मिक पर्यटन प्रवद्र्धनको कुरा गर्नु अघि हाम्रो घर आँगन सफा र व्यवस्थित बनाउनु जरुरी छ । जनकपुरको पुनर्जीवन सम्भव छ — इच्छाशक्ति र इमान्दार प्रयास भए । हैन भने, “५२ कुट्टी ७२ कुण्ड” को त्यो गौरवशाली नाम केवल सम्झनामा सीमित हुनेछ ।

Facebook Comment

Related Posts

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar