काठमाडौं, २२ असार । एसियाली विकास बैंक -एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपालले १६ करोड ५० लाख अमेरिकी डलर -करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता गरेको छ ।
यो ऋण एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना तथा भन्सार र आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम -सबप्रोग्राम–२) मा लगानी गरिनेछ ।
खानेपानी तथा ढल आयोजनाका लागि ११ करोड ५० लाख डलर र भन्सार तथा आपूर्ति व्यवस्थापन सुधारका लागि ५ करोड डलर विनियोजन गरिएको छ ।
सरकारले यसबाट स्थानीय तहमा खानेपानी पूर्वाधार विस्तार, भन्सार आधुनिकीकरण, व्यापार सहजीकरण र आपूर्ति प्रणाली सुदृढ हुने जनाएको छ ।














