काठमाडौं, १३ असार । व्यवस्थापनको विषय र निजी विद्यालय सञ्चालनमा सहमति जुटेका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा सहमति भएको छ । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले बताएको थियो ।
विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा बिहीबार निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समितिमा दुई धार देखिएको थियो ।
बिहीबारको समिति बैठकमा समितिमा कांग्रेस र एमालेका सांसदले निजी विद्यालयलाई कम्पनीमा रहन अथवा गुठीमा जान दुवै सुविधा दिनुपर्नेमा जोड दिएका थियो ।














