काठमाडौँ, १३ असार । वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ ।
मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको जनाइृएको छ । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले नगरका विभिन्न स्थानको परिक्रममा गर्दैछ ।
सहभागीहरूले भगवा र रातो रंगको लुगा लगाएर गहवामाईको जयजयकार गरिरहेका छन् भने आजै मन्दिर प्रांगणमा फर्किएर समापन हुने र त्यसपछि धार्मिक भजनकीर्तन आयोजना गरिने तयारी गरिएको छ ।
‘गहवामाई रथयात्रा’ यात्राका लागि आज वीरगञ्ज महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएको हो ।














