जनकपुर, १२ असार । मधेश प्रदेशसभाका बस्ने बैठक विपक्षी दलहरूले बहिष्कार गर्नु भएका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख रामचन्द्र मण्डलले एक घण्टाअगावै अनिश्चितकालका लागि स्थगित गरेपछि प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी, नेपाललगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको हो ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले विपक्षीलाई जानकारी नै नगराई बैठक स्थगित गरेको भन्दै आपत्ति बताएको छ । प्रदेशसभा बैठक स्थगित भएपछि बसेको जसपा, नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीको बैठकले आगामी बैठक बहिष्कार गर्ने निर्णय गरिएको हो ।
प्रमुख सचेतक यादवले आगामी वर्षको बजेटमा सांसदभन्दा विचौलियालाई प्राथमिकता दिएर बजेट ल्याएको आरोप लगिएको छ ।















