काठमाडौ, ११ असारं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा बलिङतर्फ एकैपटक ४१ स्थानको सुधार गरेका छन् ।
यसअघि शीर्ष १०० बाहिर रहेका सन्दीप स्कटल्याण्ड सिरिजपछि उत्कृष्ट प्रदर्शनका आधारमा ४१ स्थान उक्लिँदै ७५औं स्थानमा पुगेका हुन् ।
स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध सानदार बलिङ गरेका उनले पुनः विश्व वरियतामा प्रवेश गरेका छन् ।
त्यस्तै, अर्को स्पिनर ललितराजवंशीले पनि बलिङतर्फ २९ स्थान सुधार गर्दै ५४औं स्थानमा स्थान बनाएका छन् भने उपकप्तान दीपेन्द्रसिंह ऐरी भने ८०औं स्थानमा छन् ।















