काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट पारित भइसकेका महत्वपूर्ण विधेयकहरू संसदमा प्रस्तुत नहुँदासम्म विभिन्न चलखेल हुने गरेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकार र समितिको ध्यान त्यसतर्फ खिचेका हुन्।
संघीय निजामती सेवा विधेयक कार्यसूचीमा चढेर पनि हटाइएको प्रसंग उल्लेख गर्दै उनले यस्तो अवस्था चिन्ताजनक रहेको बताएका छन् ।
प्रचण्डले प्रमुख प्रतिपक्ष दलसँग सत्तारुढ दलले सहकार्य गर्नुपर्ने मुख्य कारणहरूमध्ये यही विधेयक प्रक्रिया नै एक रहेको स्पष्ट पारे ।















