KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर : आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुर : आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुर, १० असार । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार १३औं नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नगर प्रमुख मनोजकुमार साहले पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, २५ वटै वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख साहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, औद्योगिकीकरण र ग्रामीण पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ।
नीति अनुसार, कुहिने र नकुहिने फोहर छुट्याएर उर्जा तथा कम्पोस्ट मल उत्पादन गरिनेछ, जसलाई कृषि क्षेत्रमा प्रयोग गरिनेछ। फोहर व्यवस्थापनका लागि आवश्यक जनशक्ति तथा प्रविधि परिचालन गरिने जनाइएको छ। साथै, छिमेकी नगरहरूसँग समन्वय गरी सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको तयारी गरिएको उल्लेख गरिएको छ।
जनकपुरधामको दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा आधारित ठोस योजना लागू गरिने बताइएको छ। स्वास्थ्य क्षेत्रमा विपन्न तथा अपांगता भएका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य बीमा, विद्यालयमा स्वास्थ्य परीक्षण कक्ष स्थापना, र घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने योजना छ।
पर्यटन तथा सांस्कृतिक संरक्षणतर्फ रंगभूमि मैदान र ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान, पर्यटक गाइड कार्यविधि निर्माण जस्ता योजनाहरू अघि बढाइने छन्। परिक्रमा क्षेत्रभित्र दर्ता नभएका इरिक्सा निषेध गर्दै नियमनात्मक व्यवस्था गरिने उल्लेख छ।
शिक्षा क्षेत्रमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापना, विद्यालयमा धुम्रपान तथा चलचित्र हेर्नमा प्रतिबन्ध लगाउने नीति छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने र प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव आयोजना गरिने योजना समेत समावेश गरिएको छ।
कर नीतिमा पनि सहुलियत र प्रवद्र्धन
तीन लाख रुपैयाँसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट दिइनेछ। समयमै कर बुझाउने महिला र पुरुषलाई छुट्टाछुट्टै छुट दिने प्रावधान नीति अन्तर्गत समावेश गरिएको छ। कर प्रणालीलाई डिजिटल बनाउने लक्ष्यसहित मोबाइल एप निर्माण गरिने योजना छ।
कृषि, रोजगारी र वातावरण संरक्षण
‘एक वडा, एक उत्पादन’ र ‘एक वडा, एक पशु फर्म’ कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गरिनेछ। उत्कृष्ट किसानलाई पुरस्कार दिइनेछ। युवा बेरोजगारलाई पाँच लाख रुपैयाँसम्मको आर्थिक सहयोग, सीप विकास तालिम तथा ‘विन सीप को ना जीव’ कार्यक्रम सञ्चालन गरिनेछ।
सडक नामकरण र वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिने, खुला व्यायामशाला स्थापना गरिने, प्लास्टिक झोला प्रयोगमा निषेध गरिने र विद्युतीय सवारी साधनको प्रयोग प्रवद्र्धन गरिने नीति लिइएको छ।
सूचना प्रवाह र सञ्चार सशक्तीकरणतर्फ पनि योजना
स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन पत्रकार महासंघ तथा अन्य सञ्चार संस्थासँग समन्वय गरी सहकार्य गरिनेछ। साथै ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।
नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्गको उत्थान, विपद् व्यवस्थापन, भू–उपयोग तथा बस्ती विकास, आपूर्ति व्यवस्थापन, उद्योग तथा व्यापार प्रवद्र्धनसम्बन्धी योजनाहरू पनि समावेश गरिएको छ।

esamachardainik

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar