काठमाडौं, ९ असार । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन आफूहरू सजग रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले बदलिँदो परिस्थितिसँगै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन परराष्ट्र मन्त्रालय सजग रहेको बताइन् ।
विशेषगरी तनावग्रस्त मुलुकमा रहेका नेपालीको अवस्था बुझ्ने र आवश्यकतानुसार उद्धार तथा नेपाल फिर्ती कार्यका लागि सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगलगायत अन्य मित्रराष्ट्रसँग आवश्यकतानुसार समन्वय र सहकार्य भइरहेको उनले जनाइन् ।














