धनगढी, ९ असार । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् ।
उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी रहेको खुलेको छ । मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














