काठमाडौं, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोरखा ब्रिटिस सैनिकलाई बेलायती सैनिकसरह नै सेवा सुविधा दिनुपर्ने बताएका छन् ।
सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने भन्दै राखेको मागमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताए ।
उनीहरुले निरन्तर नागरिकताको माग उठाएको भए पनि त्यो दिने नदिने कुरा हाम्रो हातमा नहुने सभापति देउवाले बताए ।














