सर्लाही, ७ अषाढ । सर्लाहीमा बाटो चौडा गर्ने विषयमा भएको विवादमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बाटो चौडाइको क्रममा केही स्थानीयले विरोध जनाउँदै ढुङ्गा मुढा गरेपछि प्रहरीले बाध्य भएर ब्ल्याङ्क फायर गरेको हो ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।














