काठमाडौँ, ६ असार । राजावादीहरूको आन्दोलन मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ ।
आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो ।
यसअघि प्रशासनले जेठ १८ गते एक आदेश जारी गर्दै काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो ।














