जनकपुर, ५ असार । जिल्ला सिरहाको गोलबजारमा युवतीको छुरा प्रहारबाट युवक घाइते भएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार गोलबजार नगरपालिका ४ मा डेरा गरी बस्ने वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो घाइते भएका हुन् ।
युवती कोठामै पुगेर उनीमाथि छुरा प्रहार गरी घाइते बनाएको छ । घाँटीमा छुरा प्रहारपछि घाइते युवकको स्थानीय भुमिजा अस्पतालमा भइरहेको छ ।
प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।














