काठमाडौं, ५ असार । सांसदमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ को बजेट पुस्तिका बैठकमै च्यातेको रहेका छन् ।
उनले संसद बैठकभित्र बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले बजेट पुस्तिका च्यातेको छ । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले जनाँएको हो ।
बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाएको छ । यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।














