काठमाडौं, ५ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कानूनमन्त्री अजयकुमार चौरसियालेले नै न्यायलाई प्रभावित पारेको आरोप लगाएका छन । उनले भने, ‘म सुन्दै आइरहेको छु, ‘कानूनमन्त्री कसैको मुद्दा छ भने जिल्लामा छ भने १ नम्बरमा रहेको न्यायाधीशलाई फोन गर्नुहुन्छ ।
उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । त्यसैले माग गर्छु, कानून मन्त्रीको कल डिटेल सार्वजनिक गरियोस्, न्यायाधीशसँग कुरा किन गर्ने ? कुरा छ भने प्रधान न्यायधीश न्याय परिषद्को अध्यक्ष हुन्छ, जिल्लाको न्यायाधीश सदस्य पनि हुँदैन ।’














