काठमाडौं,४ असार । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको छ ।
उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मितिबाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको छ ।














