काठमाडौं, ४ असार । मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्नको लागि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो । युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथ विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
गत जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थिए ।
लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रिएको थियो । उक्त क्रम विगत ६ दिनदेखि जारी रहेको छ । इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताईहैको छ ।
इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।














