काठमाडौँ, ३ जेठ । कामठाडौँको तीनकुने घटनाको आरोपमा मुद्दा चलाइएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर अदालतबाट निस्किएका छन् ।
काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएपछि उक्त धरौटी बुझाएर उनी छुटेका हुन् ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । उनी आफैँ अदालत उपस्थित भएका थिए ।














