काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि सदनमा अवरोध जारी रहेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको हो । मंगलबार बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले उठेर विरोध जनाए र्हेको छ ।
त्यसपछि रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय सभामुखले दिए । धारणा राख्दै उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीले देशको शिर अन्तर्राष्ट्रिय स्तरमै निहुरिएको धारणा राखिन् । साथै उनले यसमा छानबिन गर्न आफूहरूले माग गर्दा रोष्ट्रमबाट धम्क्याइएको भन्दै आत्ति पनि जनाइन् ।
त्यहीबिचमा सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापति बताएको छ । उनले मानव तस्करीविरुद्ध विरोध गर्न रास्वपा सांसदले निलो रिवन लगाएर गएकोप्रति आपत्ति बताएको छ । मर्यादित पोसाक नभएको भन्दै घिमिरेले बैठकबाट निकाल्ने अधिकार पनि सभामुखलाई रहेको जनाएको छ ।
रास्वपा र राप्रपा सांसदले झन् चर्को नारा लगाउन थालेपछि बैठक ३० मिनेका लागि स्थागित भएको छ ।














