काठमाडौं, २० जेष्ट । करण केसी र गुल्सन झा एउटा नयाँ कीतिैमान बनाएका छन् ।
केसी र झाले नेपाली क्रिकेट टोलीमा मिडियम पेसरको भूमिकामा गरिहेको छ । अभ केसीले नयाँ बल लिएर स्वीङका साथ बलिङ गर्छन् । गुल्सन आवश्यकता अनुसार मिडल अर्डरमा बलिङ गरिहेको हो । दुवैले आवश्यक परेका बेला ब्याटिङ पनि गर्छन् ।
तर क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्दाका नायक उन करण र गुल्शन रहेको बताएको हो । दुवैले बलिङमा होइन ब्याटिङबाट म्याच जिताएको हो । गुल्शनलाई नेपाली टोलीमा अलराउण्डरको रोलमा राखिएका छन् ।
त्यसैले उनलाई आवश्यकता अनुसार मिडल अर्डरमा ब्याटिङ गराइन्छ । तर स्कटल्याण्डविरुद्ध भने दुवैले अन्तिमतिर ब्याटिङ गरको हो । गुल्सनले सातौं र करणले नवौं नम्बरमा ब्याटिङ गर्दै नेपाललई खेल जिताए । दुवै क्रममा अविजित ६५ रन जोडे । गुल्सनले ४२ रन योगदान गरेको हो ।
यो जोडीले आठौं विकेटका लागि ६० रनको साझेदारी पनि गरे । करण म्याच जिताएर अविजित रहँदै पेभेलियन फर्किए । करण र गुल्शनको साझेदारी नेपाली टोलीले २९७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात पाएको थियो । ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउँदै आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि १२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि ७८–२ हुँदै १५२–३, १६०–४, १७६–५, १९०–६ अनि १९२–७ को अवस्थामा पुगेपछि नेपालको इनिङ धर्मराएको थियो । त्यसबेला करण केसी क्रिजमा आए र गुल्शन झासँग मिलेर ४५ बलमा ६० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
४५औं ओभरमा ज्यासपर डेभिडसनलाई लगातार २ छक्का हिर्काएका गुल्शन ४६औं औभरमा आउट भएपछि नेपाललाई अन्तिम ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो । त्यसपछिको ओभरमा स्कटल्याण्डका पेसर सफिया सरिफले जम्मा ५ रन मात्र दिए ।
४५औं ओभरमा लगातार दुई छक्का प्रहार गर्दै गुल्शन अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल २५९–८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो ।
४९औं ओभरमा करणले सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिजन ढकालले खेलेको एक बल वाइड भयो भने एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए ।
करणले त्यसपछिको २ बलमा २–२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो । उक्त बल डाउन द लेग करणको ब्याट र प्याडको निकै नजिकबाट गयो । बाइको रन लिन भागेका रिजन स्ट्राइकर्स एन्डमा विकेटकिपर म्याथ्यु क्रसले रनआउट गरे तर अम्पायरले वाइडको इशारा गरेपछि रनआउटको मान्यता नहुने भएकाले नेपालले १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।














