जनकपुर, १६ जष्ठ । पविता यादवलाई पित्त थैलीमा शल्यक्रियापछि अन्दाजी चार महिनादेखि बेहोस २५ वर्षीया उपचारको क्रममा मृत्यु भएका छन् ।
उनको काठमाडौंको कुनै अस्पतालमा शुक्रवार बिहान मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की पविता यादवको वितेको माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकमा दर्ताविना सन्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएको थियो ।
त्यसयता उनी बेहोस् थियो । केही दिन जनकपुरमा उपचार गराएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भन्दै तीन महिनाअघि काठमाडौं ल्याएर भर्ना गरिएको थियो ।
अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी हबलदार बेदनाथ पौडेलले जनाएको छ । उनले भने, ‘पविताको आज बिहान ७ बजे मृत्यु भएको जानकारी अस्पतालले हामीलाई गराएको छ ।
शवलाई फ्रिजमा राखिएको छ र परिवारका सदस्यलाई बोलाएर शव व्यवस्थापनमा समन्वय गर्न भनिएको छ ।’ कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यहोर्न नसकेपछि पविताका पित अंगेश घर फर्किएका थिए । एक महिनादेखि पविताको कुरुवा समेत अस्पतालमा थिएनन् ।
जाहेरीमा अस्पताल र सञ्चालकबाहेक पिक्त थैलीको शल्यत्रिया गरेका चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनेसथेसिया र पवितालाई शल्यक्रिया गर्न अस्पताल जान सल्लाह दिने सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाइएको छ । तर अहिलेसम्म कुनै कारबाही भएको छैन ।














