काठमाडौं, ९ जेठ । देशका पूर्व र मध्य भेगका केही ठाउँमा रातिदेखि नै पानी परेको छ । \
मकवानपुर, ललितपुर, लमजुङ, मनाङ र दोलखा आसपासका क्षेत्रमा रातिदेखि पानी परिरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ ।
पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण केही हप्तायता दिनहुँजसो पानी परिरहेको छ भने योे क्रम अझै केही दिन रहने महाशाखाले जनाएको छ ।
साथै उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।














