काठमाडौँ, ३१ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक समावेश नहुने घोषणा गरेका छन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको जनाएको छ ।
सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु । उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले भने कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन् । मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ ।’
अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भने ‘तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ ।’