काठमाडौं, २२ वैशाख । कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेका छन् ।
ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत युवाले ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका प्रहरीले लाठीचार्ज गरेको हो ।
कोरिया जान पाउनको लागि धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक जनाएको छ ।
सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरीलेबाट आएको पत्रकारहरू जनाउ छ ।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवकले जानकारी दियो ।














