काठमाडौं, १८ वैशाख । देशभरका शिक्षक÷कर्मचारीहरूले आन्दोलन गरेका २९ दिनपछि सामुदायिक विद्यालय खुलेको छ ।
हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएको हो । शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए । सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमा असर पुग्यो ।
भर्ना अभियान पनि प्रभावित बन्यो । पठनपाठन भएन । यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थियो । तर,अब भने रोकिएको ठाउँमा भर्ना अभियान सुचारु गरे लगत्तै पठनपाठन पनि सुरु हुने छ । हिजो बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हिजोको दिनबाट लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको जनाएको छ । आजबाट रोकिएको भर्ना अभियान,पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ ।
यही सहमतिपछि आज बिहानैदेखि काठमाडौंको आन्दोलनमा आएका शिक्षकहरू आ–आफ्नो घर फर्किन थालेका छन् ।
यो सहमति भएसँग कक्षा १२ को परीक्षा पनि वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षक आन्दोलनकै कारण वैशाख ११ गते शुरु हुने कक्षा १२ को परीक्षा रोकिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीहरूक सहभागितामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भने पनि सकेन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकहरूलाई परीक्षामा सहभागी भएर सहयोग गर्न आग्रह गरेको थियो ।
विदाको दिनमा पठाएर शैक्षिक क्षति पुरा गर्छौ : महासंघ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले यो आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई पूरा गर्ने जनाएको छ । उनले विदाको दिनमा पढाएर भए पनि शैक्षिक सत्रलाई असर पु¥याउन नदिने बताएको हो ।
जति दिन पढाउने बेला आन्दोलन कार्य ग¥यौँ,ती शैक्षिक क्षति विदाको दिनमा पढाएर उपयोग गर्छौ,महासंघले औपचारिक रुपमा पत्राचार नै गरेर सबै शिक्षकहरूलाई जानकारी गराउने छ,यो हाम्रो जिम्मा हो ।














