काठमाडौं, १२ वैशाख । काठमाडौंमा शिक्षकहरूको आन्दोलन आज २४औँ दिन आन्दोलन जारी रहेका छन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने वानकारी दिएको हो ।
उनले सोशल मिडिया मार्पतमा लेखेका ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ ।
अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबै कालागि समानरुपले प्राप्त हुने बताएको छ । आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबै कालागि समानरुपले प्राप्त हुनेछन् ।
त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहिदिनु होला ।













