काठमाडौं, ८ वैशाख । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकटले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हो ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आज केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आज मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ । निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।














