काठमाडौँ, २७ चैत । काठमाडौँ महानगरपालिका–२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु–टावर निर्माण कार्य अलपत्र अवस्थामा रहेका छन् ।
मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशङ्का व्यक्त गरेर काठमाडौँ भ्यु–टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ । तर काठमाडौँ महानगरले भत्काउने विषयमा अहिलेसम्म औपचारिक निर्णय भनेको छैन ।
वि.सं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यु टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन ।
भ्यू टावरको १२औँ तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बन्दा भवनलाई अलपत्र अवस्थामा छाडिएको हो । उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ ।
व्यावसायिक उक्त टावरमा पार्किङ, सिनेमा हल, थिएटर, रेस्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ ।














