KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

थाइल्यान्ड भ्रमणमा प्रधानमन्त्री ओली

थाइल्यान्ड भ्रमणमा प्रधानमन्त्री ओली

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेको हो । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।

उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ । थाइल्यान्डसँग नेपालको ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुनेछ ।

यसक्रममा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई सरकारी तथा गैरसरकारी क्षेत्रस्तीय ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् ।

थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले २१ चैतमा त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । भ्रमणको क्रममा २२ चैतमा प्रधानमन्त्री बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् भने त्यसै दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधिमण्डलका अगुवासँग साइडलाइन वार्तँ गर्ने जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सहभागी छन् ।

Facebook Comment

Related Posts

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar