काठमाडौं, १८ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेका छन् ।
यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् ।
मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।














