KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दुवै सदनबाट पारित भयो अध्यादेशलाई प्रतिस्थापन पाँच विधेयक

दुवै सदनबाट पारित भयो अध्यादेशलाई प्रतिस्थापन पाँच विधेयक

काठमाडौँ, १८ चैत । सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक प्रतिस्थापन विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् ।

प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच प्रतिस्थापन विधेयक आज एकैदिन राष्ट्रियसभाबाट पारित भएपछि अध्यादेश कानुन बन्ने बाटो खुलेको छ ।

राष्ट्रियसभामा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पेस गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ बहुमतले पारित भए ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेका ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ गते जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा पुस २९ गते जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएका थिए ।

सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा संघीय संसद् सचिवालयमा दर्ता गरेको ६० दिनभित्र दुवै सदनबाट पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ । यी प्रतिस्थापन विधेयक दर्ता भएका आज ६० औँ दिन हो । अन्तिम दिन राष्ट्रियसभाबाट यी विधेयक बहुमतले पारित भएका हुन् । दुवै सभाबाट पारित भएकाले यी प्रतिस्थापन विधेयक कानुन बन्ने बाटो खुलेको हो ।

अब राष्ट्रियसभाले प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका विधेयक पारित गरेर सन्देशसहित पुन प्रतिनिधिसभामा फिर्ता गर्नेछ । प्रतिनिधिसभामा राष्ट्रियसभाले सन्देशसहित पारित गरेर पठाएका ती विधेयक पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइने छ ।

राष्ट्रपतिले दुवै सदनले पारित गरेर पठाएका विधेयक प्रमाणीकरण गरेपछि कानुन बन्नेछन् । राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाउने ती विधेयक पारित गर्न प्रतिनिधिसभाको दोस्रो बैठक केही बेरमा बस्दै छ ।

Facebook Comment

Related Posts

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar