KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : मुख्यमन्त्री सिँहले गरे जनकपुरका होटल अनुगमन

मधेश प्रदेश : मुख्यमन्त्री सिँहले गरे जनकपुरका होटल अनुगमन

जनकपुर, १० चैत । मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन् ।

यहाँका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासा तीव्र भएपछि मुख्यमन्त्री सिँहले होटल अनुगमन सुरु गरेका हुन् ।

प्रदेशको भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।

सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिँहले बताए ।

उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए । अनुगमनक्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्साकोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्विटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएका छन् ।

साना उद्योग तथा घरेलु कार्यालय जनकपुरका प्रमुख साहले मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेका चार होटलसहित आइतबार जनकपुरमा दस होटलको अनुगमन गरिएको जानकारी दिए ।

उनले अनुगमनमा रघुपति मिष्ठान भण्डारको अवस्था भने सन्तोषजनक रहेको पाइएको जानकारी दिए ।

Facebook Comment

Related Posts

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar