जनकपुर, २६ फागुन । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष तथा एकीकृत समाजवादीका नेता शितल साह नेकपा एमालेमा प्रवेस गरेका छन् ।
सोमबार जनकपुरधाममा नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले परिषदका अध्यक्ष शितल साह र समाजवादी प्रेसका मधेश प्रदेश अध्यक्ष प्रवीण साहलाई अविर र गम्छा ओढाएर एमालेमा प्रवेस गराएका छन् ।
परिषदका अध्यक्ष साह यसअघि समाजवादीको कोटाबाट परिषदका अध्यक्ष बनेका थिए भने प्रवीण साह एसमाजवादी पार्टीका सुभेच्छुक संगठन समाजवादी प्रेस संगठनका मधेश प्रदेश अध्यक्ष बनेका थिए ।