काठमान्डौँ, २१ फागुन । परराष्ट्रमन्त्री आरजु देउवाले सगरमाथा संवाद कार्यक्रममा निम्तो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरेकी छिन् ।
नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटघाटका लागि समय मिलाई दिन भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।
‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा सरकारले सरकारले जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ को आयोजना गर्दैछ । संवाद कार्यक्रममा लागि छिमेकी भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ ।
राजदूत शर्माले मंगलबार भारतीय विदेश सचिव मिश्रीसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सहयोगबारे छलफल भएको थियो ।














