काठमाडौं, २३ माघ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीका लागि विश्वविद्यालयले २३ वटा विद्यार्थी संगठनसँग छलफल गरेको थियो ।
विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीका अनुसार वुधवार विद्यार्थी संगठनका अध्यक्षलाई छलफलको लागि बोलाइएको हो । विश्वविद्यालयले ५ चैतका लागि स्ववियु चुनावको मिति तोकेको हो । ‘आज विद्यार्थी संगठनका प्रतिनिधिलाई विश्वविद्यालयले छलफलका लागि बोलाएको छ,’ सदस्य सचिव अधिकारीले जनाएको छ ।
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन हुने गरेको छ । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनुहुन्छ ।
निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।