काठमाडौँ, ९ माघ । नेपालबाट काम खोज्दै मासिक औसत ६५ हजार ५ सय ११ युवा बिदेसिएको तथ्यांक सार्वजनिक भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएको हो । यस अनुसार मासिक साढे ६५ हजार युवा कामको खोजीमा विदेश उड्ने गरेको देखिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएको जनाइएको हो ।
तीमध्ये ७ हजार १ सय ५ महिला छन् । पुस मसान्तसम्म २ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा विदेश गएका छन् ।