काठमाडौै, ८ माघ । मगलबार बिहान दक्षिणी ताइवानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
जसमा परी अहिलेसम्म १५ जना घाइते भएको सीएनएनले जनाएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहान १२:१७ बजे युजिङबाट १२ किलोमिटर (७ माइल) उत्तरको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । जसको गिहराइ १० किलोमिटर (६ माइल) रहेको यूएसजीएसले जानकारी दियो ।
ताइवानको केन्द्रीय मौसम प्रशासनले भने भूकम्प ६.४ म्याग्निच्युड रेकर्ड गरेको हो । भूकम्पबाट अहिलेसम्म मृत्युको भने कुनै रिपोर्ट नखुलेको तर उद्धारकर्ताहरूले क्षतिको बताइएको छ ।