जनकपुर, ६ माघ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको छ ।
यो जिम्मेवारी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अंकुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले डा. पण्डितलाई दिएको हो ।
उनले आईतवार नै पदभार ग्रहण गरेका छन् । यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकका रुपमा कार्य गरिसकेका डा. पण्डितको कार्यकाल ५ वर्षको रहने छ ।
प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्षको पद रिक्त रहेको कारण शैक्षिक गतिविधि बढाउनमा कठिनाइ भइरहेको थियो । डा. पण्डितको नियुक्ति पछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको आशा गरिएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ । र, पहिले नै चिकित्सा विज्ञानका ४ विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन पनि भइरहेको छ ।