धनुषा, ५ माघ । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ ।
चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ ।
बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ ।