काठमाडौै, २ माघ । भारतको केरलमा एउटा पुरुषले मरेपछि ज्न्दिा भएको हो ।
चिकित्सकले मृत घोषणा गरेको व्यक्ति अन्तयमा जीवित रहेको पाइएको हो । पवित्रन नाम गरेका ६७ वर्षीय पुरुषलाई सोमबार मंगलुरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था नाजुक रहेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारजनसँगको सल्लाह अनुसार नै चिकित्सकले भेन्टिलेटरबाट हटाएको थियो ।
त्यसलगत्तै चिकित्सकले पवित्रनलाई मृत घोषणा गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि अस्पतालले परिवारलाई उनको शव हस्तान्तरण गरेको थियो । अन्त्येष्टिका लागि परिवारजनले गाउँमा शव लगेको थियो । रात परिसकेका कारण कन्नुरको एकेजी अस्पतालमा शव राखेर भोलिपल्ट अन्त्येष्टि गर्ने योजना बनाइयो ।
राति करिब ११ः३० मा एकेजी अस्पतालको मुर्दा घरमा शव राख्न लगिएको थियो । सोही क्रममा मृत भनिएका व्यक्तिले हात हल्लाए । त्यसपछि सघन उपचार कक्षमा लगेर उनलाई उपचार गरीरहेको बताए । हाल पवित्रनलाई चिकित्सकले गम्भीर निगरानीमा राखेर उपचार गरिरहेका छ ।