काठमाडौं, १ माघ । देशकै सबैभन्दा धेरै विरामीलाई स्वास्थ्य सेवा दिने त्रिवि शिक्षण (टिचिङ अस्पताल) अस्पतालले नै स्वास्थ्य बीमा मार्फत बिरामीहरुलाई सेवा दिन कन्जुस्याँइ गर्नुभएको हो ।
देश भरबाट सबैभन्दा धेरै रिफरल बिरामी समेत आउने उक्त अस्पतालमा हाल भर्ना गरेका बिरामीले बीमा मार्फतको सेवा पाउनबाट बन्चित हुँदै भएको हो । भदौमा स्वास्थ्य बीमा बोर्डले नयाँ दररेट लागू गरेको दर अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले केही समय बीमा मार्फतको सबै सेवा बन्द गरेको थियो ।
तर अहिले आएर शिक्षण अस्पतालमा भर्ना भएका बिरामीले स्वास्थ्य बीमा मार्फतको सेवा पाउँदैन । हामीले स्वास्थ्य बीमा मार्फतको सेवालाई सुरु देखिनै प्राथामिकतामा राख्दै आएका थियौँ । बीमा बोर्डले यही भदौ १ गतेदेखि बिमामार्फतको सेवालाई परिमार्जित गरी नयाँ दर कार्यान्वयन गरेका छ । यस्तै जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ ।
सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । यसअघिनै गत भदौमा टिचिङ अस्पतालले बोर्डको दररेट नमिलेको भन्दै सेवानै रोकेपछी तत्कालिन बोर्डका अध्यक्ष डा गुणराज लोहनी र कार्यकारी निर्देशक डा दामोदर बसौलानै अस्पताल पुगेर तत्काललाई सेवा रोक्ने र नमिलेको बिषय सुल्झाउदै जाने सहमति भए पछि अस्पतालमा बीमा मार्फतको सेवा सुचारु भएको थियो ।