काठमाडौँ, २४ पुस । ताप्लेजुङ र संखुवासभाका उच्च हिमाली क्षेत्रमा सामान्य वर्षासँगै मंगललबार साँझदेखि हिमपात भएको छ ।
पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो । यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो ।
हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो भने समान्य वर्षा र हिमपात हुन शुरु भएपछि केही राहत पुग्ने किसानले बताएका छन् ।














