जनकपुर, १७ पौष । मधेश प्रदेशको राजधानी जनकपुरमा नयाँ सुविधा सम्पन्न अस्पताल थपिएको छ ।
जनकपुरको पिराडी चौकमा मुस्कान होस्पिटल प्रा.लि. को संचालन आरम्भ भएको छ । उक्त अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा सहित विभिन्न किसिमका रोगहरूको उपचार व्यवस्था उपलब्ध गराउने छ ।
बुधवार एक भव्य समारोहको आयोजना गर्दै नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवले मुस्कान होस्पिटलको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका जनप्रतिनिधि र स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
होस्पिटलका संचालक कमल राईनले जानकारी दिएका अनुसार, मुस्कान होस्पिटलले अत्याधुनिक चिकित्सकीय सेवासँगै औषधीहरूको आपूर्ति र अनुभवी चिकित्सकहरूको टोली सहित स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
उनले भने, “हामीले यहाँ २४ घण्टा इमर्जेन्सी सेवासमेत उपलब्ध गराएका छौं जसले जनकपुरका बासिन्दालाई तत्काल उपचारको सुविधा पुर्याउने छ ।
यस नयाँ अस्पतालको उद्घाटनसँगै जनकपुरको स्वास्थ्य क्षेत्रको क्षमता र पहुँचमा थप सुधार आउने विश्वास गरिएको छ ।