जनकपुर, १७ पौस । धनुषाको हन्सपुर नगरपालिका ५ स्थित श्री तपसी उच्च माध्यमिक विद्यालय टिलहीको प्रनाध्यापकमा मदन महराले पदभार ग्रहण गरेका छन् ।
बुधबार विद्यालयको प्रांगणमा आयोजित एक सानो र भव्य समारोहमा समाजसेवी गंगाराम यादबको उपस्थितिमा महरालाई प्रनाध्यापकको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । पदभार ग्रहण कार्यक्रममा समाजवादी दलित मुक्ति संगठनका प्रदेश अध्यक्ष रामो महरा र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षिकाहरूसँगै स्थानिय समुदायका व्यक्तिहरूले पनि महरालाई शुभकामना र समृद्ध भविष्यको कामना गरेका छन् ।
मदन महराले विद्यालयको शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन र छात्र–छात्राको समग्र विकासका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।